المدة الزمنية 23:15

Darjeeling NEWS@उद्यमी प्रतिष्ठित कलाकार शान्ति छेत्री, थामीको आकस्मिक निधन

6 215 مشاهدة
0
184
تم نشره في 2021/05/27

दार्जीलिङ पहाड़को कला क्षेत्रको इतिहासलाई सुरक्षित राख्दै आउने कलाकारहरूको एकपछि अर्कोको निधनले साँच्चै दार्जीलिङ पहाड़की रानीका कलाकारहरू निराश, उदास, विवश र लाचार बनेका छन्। आज बिहान दार्जीलिङको नाट्य अनि सिने क्षेत्रका एक सिंगो इतिहास अभिनय कलाकार, गायिका अनि नृत्य कलाकार साथै सन्त तेरेजा विद्यालयका शिक्षिका शान्ति छेत्रीको आकस्मिक निधनले एउटा गहिरो पिड़ा दिएका छन्। परिचय गराउने हँसिली, फर्साइली अनि उद्यमी प्रतिष्ठित कलाकार शान्ति छेत्री, थामीको आकस्मिक निधन अपूरणीय क्षति रहेको दार्जीलिङका प्रतिष्ठ कलाकारहरू क्रमैले दुर्गा खरेल, मेनुका प्रधान, किरण ठकुरी, मरियममित लेप्चा तथा अन्य क्षेत्रसित जुड़िएका कलाकारहरू बताउँछन्। यसरी कला मन्दिरकै पक्षबाट उनले नेपाली सिने चलचित्र ‘परालको आगो’-मा ‘चौबन्दीको तुनामा’ गीतमा साथीहरूसित नृत्य गर्ने अवसर पाएकी थिइन्। दिवंगत छेत्रीले आफूपछि आफ्ना श्रीमान नाटककार शनि थामीलगायत आफ्नी दुइ छोरी, ज्वाईं अनि अन्य पविारहरू छोड़ेर गएकी छन्। उनको अन्तिम शवयात्रा आज दार्जीलिङबाट गरियो। शान्ति छेत्रीले दार्जीलिङ पहाड़का नाटक निर्देशक साथै नाटककारहरू क्रमैले मनबहादुर मुखियाको ‘अनि देवराली रून्छ’ ‘क्रसमा टाँगिएको जिन्दगी’, ‘असत्यं अशिवं असुन्दरम’, नाटककार किरण ठकुरीको ‘कालो व्यापार’, ‘सूर्यमुखी’, ‘जय महाकाल’, ‘व्यापार’, ‘जय महाकाल’, ‘ओ ! दार्जीलिङ’, ‘अमर आत्मा’, मोहन विष्ट-पुकार गुरूङ (मोहन-पुकार)-को ‘आपद् विपद् संकट’, ‘मैले काम पाएँ’, ‘सासूको समस्या’, हालैमा मञ्चित नाटक ‘बन्दुक’, मोहन थापाको ‘हिज जस्तै बिहान’, नन्द हाङखिमको ‘युद्धहरू’, सूर्य गिरीको ‘त्यो फेरि फर्कला?’, जीवन गुरूङको ‘जागित्र’, ओम नारायण गुप्ताको हिन्दी नाटक साथै उनले नाटककारद्वय मोहन-पुकारद्वारा लिखित अनि निर्देशित नाटक ‘नभन्नु है कसैलाई’, नाटकार भाष्कर प्रधानको ‘दिशा’ अनि ‘उजेली’ टेलीफिल्महरूमा पनि प्रमुख पात्राको भूमिकामा अभिनय गरेकी थिइन्। 1978 सालमा स्थानीय सन्त तेरेजा कन्या उच्च विद्यालयमा शिक्षिकाको पदमा नियुक्ति प्राप्त गरेकी कलाकार शान्ति छेत्रीले विद्यालयमा पनि आफ्नो विद्यार्थीहरूमा प्रतिभालाई साझा गर्दै विद्यालयमा ‘मुक्तिको एक झलक’,‘मना मदन’ अनि ‘शकुन्तला’ आदि नाटकहरू भएको समय यी नाटकहरू स्वयम् निर्देशन गरेकी छन्। Face book Page: www.facebook.com/HimaliChannelDarjeeling Website Page: http://www.himalichanneldarjeeling.in Instagram: https://www.instagram.com/himali_channel520

الفئة

عرض المزيد

تعليقات - 48